NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकको कडाइ: डढेका नोट साट्न स्थानीय तह र प्रहरी सिफारिस अनिवार्य

नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटही प्रक्रियामा कडाइ गरेको छ। ठूलो परिमाणमा यस्ता नोट सटही गर्न बैंकमा जाँदा स्थानीय तह र प्रहरीको सिफारिस अनिवार्य गरिएको छ। यस निर्णयले नोटको क्षति र स्रोतको यथार्थता सुनिश्चित गर्न मद्दत पुग्नेछ।
Sunita Rai
Sunita Rai
20 May 2026, 10:32 am १ मिनेट पढाइ
आकार:
Share:

नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटही प्रक्रियामा कडाइ गरेको छ।

राष्ट्र बैंकले ठूलो परिमाणमा यस्ता नोट सटही गर्न बैंकमा जाँदा स्थानीय तह र प्रहरीको सिफारिस अनिवार्य गरेको हो। यस निर्णयसँगै अब धेरै रकम बराबरका जलेका, च्यातिएका वा नष्ट भएका नोट साट्न बैंक पुग्दा सहजै सटही नहुने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो परिमाणमा नोट सटहीका लागि ल्याउँदा अनिवार्य रूपमा स्थानीय तह र प्रहरीको सिफारिस आवश्यक पर्ने बताए।

उनका अनुसार, डढेको नोट साट्नका लागि स्पष्ट कारण र सिफारिस अनिवार्य गरिएको छ। यसले नोटको क्षति र स्रोतको यथार्थता सुनिश्चित गर्न मद्दत पुग्नेछ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार