भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ खानेपानी आयोजनामा क्षति पुर्याएको छ। प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिब ६४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनाहरुमा क्षति पुगेको छ। नुवाकोटमा मात्रै चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिएका छन्।
