राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिनमार्फत मतदान सुरु भएको छ। धुम्बाराहीस्थित पार्टी प्यालेसमा भइरहेको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिनेछ। आयोगका अनुसार मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्राविधिक परीक्षण सम्पन्न भएको छ।
यसअघि जेठ २६ गते हेटौँडामा सुरु भएको अधिवेशन प्राविधिक र व्यवस्थापकीय कारणले स्थगन भएको थियो। बागमती प्रदेशमा एक हजार बढी मतदाता रहेका छन्।
रास्वपाको राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
