मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रौतहटमा कलभर्टको खाल्डोमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

रौतहटको परोहा नगरपालिकामा कलभर्टको खाल्डोमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। बालिका बाख्रा चराउने क्रममा खाल्डोमा खसेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
बालिकाको डुबेर मृत्यु
Share:
१३१

रौतहटको परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको खाल्डोमा जमेको पानीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुनको ज्यान गएको हो।

प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्केकी थिइन्। बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खस्दा उनी पानीमा डुबेकी थिइन्।

स्थानीयवासीले बालिकालाई पानीमा डुबेको देखेपछि उद्धार गरी बाहिर निकाले। तर, उनको मृत्यु भइसकेको थियो।

घटनाबारे बिहान साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो। असई धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा टोली खटाइएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। डीएसपी गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार