NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटको बरफ फ्याक्ट्रीमा करेन्ट लागेर सञ्चालकको मृत्यु

रौतहटको बौधिमाई नगरपालिका–५ कोपवामा आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर सञ्चालक मनोहरलाल जयसवालको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।
Kamala Devi
Kamala Devi
3 June 2026, 8:47 pm १ मिनेट पढाइ
आकार:
रौतहट बरफ फ्याक्ट्री मृत्यु
Share:

रौतहटको बौधिमाई नगरपालिका–५ कोपवामा आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर सञ्चालकको मृत्यु भएको छ।

कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको बुधबार दिउँसो फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार, जयसवाल आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्दै थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।

चिकित्सकले अस्पताल पुर्‍याउँदा नै जयसवाललाई मृत घोषणा गरेका थिए। प्रहरी नायब उपरीक्षक गौतमले जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार