NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृहमन्त्री अस्पताल जाँदै: रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार

कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा उनीहरू रहेका छन्। गृहमन्त्री सुधन गुरुङ यसै सन्दर्भमा त्रिवि शिक्षण अस्पताल जाँदैछन्।
Sanjay Karki
Sanjay Karki
4 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
रवीन्द्र मेहता शव
Share:

गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाँदैछन्। कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार गरेका हुन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा उनीहरू रहेका छन्।

अस्पताल परिसरमा धर्नामा बसेका आफन्तहरूले गृहमन्त्री स्वयं उपस्थित भई मागबारे स्पष्ट धारणा दिनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएका छन्।

कप्तानगञ्ज घटनामा यसअघि सुनसरी र सिरहामा तीन जनाको मृत्यु भइसकेको छ। मृतकका परिवारसँग गृहमन्त्रीले विभिन्न सहमति गरेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। रवीन्द्रको परिवारले पनि गृहमन्त्रीको उपस्थितिमा मात्र शव बुझ्ने अडान लिएको छ।

गृहमन्त्री गुरुङ हिन्दू र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए। छलफल सकिएपछि उनी त्रिवि शिक्षण अस्पताल जान लागेको गृहमन्त्री निकट स्रोतले Nmkhabarलाई बतायो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार