मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

चालु आवको ११ महिनामा राजस्व लक्ष्यको ७३% मात्र संकलन

संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन गरेको छ। यो लक्ष्यको ७३.०६ प्रतिशत हो। कर राजस्व लक्ष्यको ७४.०३% र गैरकर राजस्व लक्ष्यको ६४.७३% मात्र संकलन भएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०२

संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो चालु आर्थिक वर्षभरिका लागि निर्धारित १४ खर्ब ८० अर्ब रुपैयाँको लक्ष्यको ७३.०६ प्रतिशत हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार, ११ महिनाको अवधिमा कुल राजस्व संकलन लक्ष्यभन्दा करिब २७ प्रतिशतले पछाडि परेको छ।

कर राजस्व शीर्षकमा सरकारले १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। तर, ११ महिनाको अवधिमा नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ७४.०३ प्रतिशत हो।

गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यमा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्र संकलन भएको छ। यो गैरकर राजस्वको लक्ष्यको ६४.७३ प्रतिशत मात्र हो।

अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ११ महिनाको अवधिमा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। यो अनुदान लक्ष्यको ४२.८२ प्रतिशत मात्र हो।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार