मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

२ करोड धरौटी बुझाएर हिमालयन रि–इन्स्योरेन्सका रोहित गुप्ता रिहा

हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर कारागारबाट छुटेका छन्। सर्वोच्च अदालतले विशेष अदालतको आदेश बदर गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
रोहित गुप्ता धरौटी
Share:
१३५

हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर कारागारबाट छुटेका छन्।

दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि तत्कालीन सञ्चालकहरू विरुद्ध पनि विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो।

विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी सर्वोच्च अदालत गएका थिए।

साउन २८ गतेको विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले भदौ १७ गते उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटीबापतको बैंक जमानत बुझाएर गुप्ता डिल्लीबजार कारागारबाट छुटेका हुन्।

विशेष अदालतको पत्र अनुसार बिहीबार साँझ गुप्तालाई रिहा गरिएको कारागार कार्यालय डिल्लीबजारका एक अधिकृतले रातोपाटीलाई बताए।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार