मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तकोशी बीच टापुबाट ४७५ किलो गाँजा बरामद

सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले ४७५ किलोग्राम गाँजा बरामद गरेको छ। सुनसरी र उदयपुरको सिमानामा पर्ने टापुबाट १६ बोरामा प्याक गरिएको लागूऔषध नियन्त्रणमा लिइएको हो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९३

सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले ४७५ किलोग्राम गाँजा बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ को सिमानामा पर्ने टापुबाट १६ बोरामा प्याक गरिएको लागूऔषध नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन वेश चतरा र रामपुरबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र राजविक्रम खड्काको कमान्डमा रहेको टोलीले र्‍याप बोट प्रयोग गरी नदीको बीच टापुबाट गाँजा बाहिर निकालेको थियो।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता विष्णुप्रसाद भट्टले Nmkhabarलाई पुष्टि गरे।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार