मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सप्तरीमा कर्फ्यु कायमै: अत्यावश्यक किनमेलका लागि ४ घण्टा खुकुलो

सप्तरीमा साम्प्रदायिक दंगापछि लगाइएको कर्फ्यु कायमै छ। अत्यावश्यक सामग्री खरिद गर्न बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ। तोकिएको समयपछि अशान्ति फैलाए वा पाँच जनाभन्दा बढी भेला भए कानुन बमोजिम कारबाही हुनेछ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सप्तरी कर्फ्यु
Share:
१७१

सप्तरीमा साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ। जिल्ला प्रशासन कार्यालय राजविराजले अत्यावश्यक सामग्री खरिद गर्न आज बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।

तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। ११ बजेपछि हुलदंगा वा अशान्ति फैलाए कानुन बमोजिम कारबाही हुनेछ।

पाँच जनाभन्दा बढी भेला भई उछृङ्खल गतिविधि गरेमा कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

गत साउन १४ गते राति सुनसरीबाट सुरु भएको साम्प्रदायिक दंगाका कारण सप्तरीको विभिन्न स्थानमा कर्फ्यु लगाइएको थियो। बोदेबरसाईनमा साउन १४ गते राति १० बजेदेखि र राजविराजमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।

कार्यालयको अनुमतिमा सद्भाव ¥याली निकाल्न पनि कर्फ्यु आदेश केही खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शान्ति सुरक्षा कायम राख्न प्रशासन प्रतिबद्ध रहेको बताए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार