NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्लाहीमा इँटा उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु

सर्लाहीको हरिपुरस्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन मजदुरको ज्यान गयो। मृत्यु हुनेमा गोडैता नगरपालिकाका फिताई मन्सुर, शम्भु राउत र भारतका अंगद कुमार छन्। घटनामा तुलसी महतो र सत्यनारायण महतो घाइते भएका छन्, उनीहरूको उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
16 May 2026, 11:05 am १ मिनेट पढाइ
आकार:
Share:

सर्लाहीको हरिपुरस्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन मजदुरको ज्यान गयो। शुक्रबार साँझ करिब ६ बजे भएको उक्त घटनामा दुई मजदुर घाइते भएका छन्।

मृत्यु हुनेमा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मन्सुर, सोही नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अंगद कुमार छन्। प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखेको छ।

घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो गम्भीर घाइते भए। घाइते तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

हरिपुरस्थित कौडेना बजारका बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट पोलेको इँटा निकाल्दै गर्दा पर्खाल खसेर मजदुर पुरिए। स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरे।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोजी तथा इँटा पन्छाउने काम गरियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार