NM Khabar 13 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सर्लाहीमा निर्माणाधीन घरको छत खस्यो, दुई मजदुरको मृत्यु

सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। पानी ट्यांकी राख्न ढलान प्लास्टर गर्ने क्रममा दुर्घटना भएको थियो।
Sanjay Karki
Sanjay Karki
13 May 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन चारतल्ले घरको छत भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।

रंजित यादवको घरमा पानी ट्यांकीका लागि ढलान प्लास्टर गर्ने क्रममा बुधबार अपराह्न पौने पाँच बजे छत खसेको थियो। दुर्घटनामा मलंगवा–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा–२ का ४० वर्षीय राजकिशोर यादवको ज्यान गएको छ।

गम्भीर घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। अस्पतालले साँझ उनीहरूलाई मृत घोषणा गरेको थियो।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरमा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार