मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सूचना तथा सञ्चार मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवद्वारा राजीनामा

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
कर्मचारी राजीनामा
Share:
१४६

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको छ।

साउन १३ गते सञ्चार मन्त्रालय सरुवा भएका पोख्रेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि एक वर्षभन्दा बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि पोख्रेल असन्तुष्ट थिए।

सचिव बाबुराम अधिकारी भने भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए। यसअघि सहसचिवसम्मका कर्मचारीले राजीनामा दिएको अभिलेख छ।

सरकारले ५५ वर्ष उमेर वा ३० वर्षे सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएको छ। यसपछि कर्मचारीहरूले धमाधम राजीनामा बुझाइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा बनेको दुई तिहाइको सरकारले निजामती कर्मचारीमा राजीनामाको लहर चलाएको छ। सरकारको नीति र दृष्टिकोणबाट आजित भएर सचिवदेखि खरिदारसम्मका कर्मचारीले राजीनामा दिइरहेको स्रोत बताउँछ।

राष्ट्रिय किताबखानाको रेकर्ड अनुसार, करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत तथा तल्लो तहका कर्मचारीले राजीनामा बुझाइसकेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार