नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा आइपुगेको छ । बिहीबार दिनभरजसो रातो अंकमा रहेको बजारमा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको कारोबार भएको छ । आज कुल ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबैजसो समूहका सूचक घटेका छन् । बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशतले घटे । व्यापार समूह भने स्थिर रह्यो । म्युचुअल फण्ड बाहेक सबै सूचक ओरालो लागे ।
सबैभन्दा धेरै बुंगल हाइड्रोपावरको मूल्य ६.१८ प्रतिशतले बढ्यो । प्रभु बैंक डिबेञ्चर–२०८७ पनि सर्वाधिक मूल्य बढ्नेमा परेको छ । यस्तै, अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशतले घट्यो । त्यसैगरी झापा इनर्जीको ८.१२, माउन्टेन हाइड्रो नेपालको ७.४० तथा सिटी होटलको मूल्य ३.८० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स शीर्ष पाँचमा रहे ।
