NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिंहदरबारको क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम भेटियो, २ लाख जरिवाना

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेको छ। यस घटनामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्यान्टिन सञ्चालक जि एण्ड बि क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। भक्तपुरको जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेकोमा १० हजार जरिवाना गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 June 2026, 6:17 am १ मिनेट पढाइ
आकार:
सिंहदरबार क्यान्टिन कारबाही
Share:

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्यान्टिन सञ्चालक जि एण्ड बि क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागको अनुगमन टोलीले क्यान्टिनमा १७ किलो घुन लागेको दाल, ११ किलो ओसिएको बदाम र १४ वटा फुटेको अण्डा भेट्टाएको थियो। टोलीले रु छ हजार पाँच सय ६० बराबरका अखाद्य वस्तु नष्ट गरेको छ।

विभागले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको भन्दै १० हजार जरिवाना गरेको छ। आज उपत्यकाका १२ फर्मको अनुगमन गरिएको विभागले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार