NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिंहदरबार क्यान्टिनमा अखाद्य वस्तु बिक्री: २ लाख जरिवाना

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्यान्टिन सञ्चालक जि एण्ड बि क्याफे ग्रुपलाई २ लाख १ हजार रुपैयाँ जरिवाना तोकेको छ।
Arjun Basnet
Arjun Basnet
13 June 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
सिंहदरबार क्यान्टिन अखाद्य वस्तु
Share:

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्यान्टिन सञ्चालक जि एण्ड बि क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना तोकेको छ।

शुक्रबार विभागले गरेको अनुगमनका क्रममा क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा बरामद भएको थियो। उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुने गरी राखिएका ती अखाद्य वस्तुहरूलाई विभागको टोलीले नष्ट गरेको छ।

बरामद गरिएका अखाद्य वस्तुको मूल्य छ हजार पाँच सय ६० रुपैयाँ थियो। सिंहदरबारजस्तो संवेदनशील स्थानमा गुणस्तरहीन वस्तुको बिक्रीले सरकारी निकायको अनुगमनमाथि प्रश्न उठाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार