मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’लाई २ लाख ५ हजार जरिवाना

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेचेको पाइएपछि 'हाम्रो खाजा घर'लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। आकस्मिक बजार अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद सकिएको दही बिक्रीका लागि राखिएको फेला परेको थियो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
२४०

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेचेको पाइएपछि ‘हाम्रो खाजा घर’लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। आकस्मिक बजार अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद सकिएको दही बिक्रीका लागि राखिएको पाइएपछि जरिवाना गरिएको हो।

काठमाडौँ महानगरपालिका-११ मा रहेको यो खाजा घर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हाताभित्र सञ्चालनमा छ। अनुगमन टोलीले खाजा घरमा बिक्रीका लागि राखिएको दहीको म्याद गुज्रिएको फेला पारेको थियो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ (१) (ख) अनुसार जरिवाना गर्ने निर्णय भएको विभागले जनाएको छ। यस कसुरमा खाजा घरलाई तत्काल २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको अनुगमनमा सहभागी एक अधिकारीले बताए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार