मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट, एक पक्राउ

सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट भएको छ। पीडित फूलकुमारी मण्डलको जाहेरीमा नरहा गाउँपालिका–३ का पवित्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१७९

सिरहामा भैँसी खेतमा पसेको निहुँमा ६० वर्षीया दलित महिला फूलकुमारी मण्डलमाथि कुटपिट गर्ने ५५ वर्षीय पवित्रनारायण यादव पक्राउ परेका छन्। नरहा गाउँपालिका–३ निवासी यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट नियन्त्रणमा लिएको हो।

गत वैशाख २७ गते अपराह्न मण्डलको भैँसी यादवको खेतमा पसेको थियो। सोही घटनालाई लिएर यादवले मण्डलमाथि कुटपिट गरेको प्रहरीको आरोप छ।

पीडित मण्डलले आफूमाथि भएको अन्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिई इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले यादवलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार