मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि पार्टीले समर्थन फिर्ता लिएको हो। एमालेले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
सुदूरपश्चिम सरकार एमाले समर्थन फिर्ता
Share:

धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले प्रदेश संसदीय दलको बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पुनर्लेखनको माग राख्दै आएका एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि यो निर्णय आएको हो। शाहले बुधबार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदलाई बर्खास्त गरेका थिए।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन फिर्ता लिइएको जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार