मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुकुना माविमा छात्रालाई अश्लील म्यासेज: २ शिक्षक र १ चालक पक्राउ

मोरङको सुन्दरहरैंचास्थित सुकुना माविमा छात्राहरूलाई अश्लील म्यासेज पठाएको आरोपमा दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन्। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सुकुना मावि घटना
Share:
१८९

मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूलाई अश्लील म्यासेज पठाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान सवारी चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छदार तथा अविरल मास्केलाई नियन्त्रणमा लिएको हो।

सुकुना माविका विद्यार्थीहरूले शिक्षकहरूको यस्तो हर्कतको विरोधमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पक्राउ पर्नेमा सुन्दरहरैंचा–१० बस्ने ४० वर्षीय भट्टराई, सुन्दरहरैंचा–२ बस्ने ३० वर्षीय गच्छदार र सुन्दरहरैंचा–१२ बस्ने ३५ वर्षीय मास्के छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले प्रारम्भिक अनुसन्धानमा छात्राहरूलाई अश्लील म्यासेज पठाएको खुलेको बताए। ‘हामी अनुसन्धानकै क्रममा छौँ। पक्राउ परेकाहरूविरूद्ध जाहेरी आउने क्रममा छ,’ मिश्रले भने।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धानमा अन्य व्यक्तिको संलग्नता खुलेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार