मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सुकुना माविका विद्यार्थी दुर्व्यवहार: नृत्य प्रशिक्षक पक्राउ

मोरङको सुकुना माविका विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा प्रहरीले झापाका नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई पक्राउ गरेको छ। यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परिसकेका छन्।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
सुकुना मावि दुर्व्यवहार
Share:
२०८

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा प्रहरीले झापाका नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले ३९ वर्षीय नेपालमाथि थप अनुसन्धान गरिरहेको छ।

यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका थिए। विद्यार्थीले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका– १० का सवारी चालक प्रदीप भट्टराई (४०), वडा नं. २ का शिक्षक किशोरलाल गच्छदार (३०) र वडा नं. १२ का अविरल मास्के (३५) छन्।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार