काठमाण्डुको केन्द्रीय कारागार सुन्धाराबाट २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान फरार भएकी छिन्। उनलाई शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भएको थियो।
उनी शुक्रबार बिहान साढे १ बजेतिर कारागार कम्पाउन्डको झ्यालबाट चढेर पर्खाल नाघिन्। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालले उनको फरारबारे पुष्टि गरे।
नुवाकोट घर भएकी तामाङलाई अदालतले कैद सजाय सुनाएको थियो। उनलाई शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरिएको थियो।
केन्द्रीय कारागारको सुरक्षा प्रमुख डीएसपी शैलेश न्यौपाने छन्। महिला बन्दी गृहमा ३ सयभन्दा बढी कैदी बन्दी छन्। २०८२ फागुन १ मा त्यहाँ झडप भएको थियो।
