मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रहरी हिरासतमा हत्कडी प्रयोगबारे सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिना कारण हत्कडी नलगाउन प्रहरीलाई निर्देशन दिएको छ। अदालतले हत्कडी प्रयोगसम्बन्धी स्पष्ट कानुनी मापदण्डको आवश्यकता औंल्याएको छ। अब भाग्ने, हिंसात्मक व्यवहार गर्ने वा क्षति पुर्याउने जोखिम देखिएमा मात्र हत्कडी प्रयोग गरिनेछ र त्यसको लिखित अभिलेख राख्नुपर्नेछ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
हत्कडी प्रयोग
Share:
१०६

काठमाण्डु – पक्राउ परेका व्यक्तिलाई बिना कारण हत्कडी नलगाउन सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले सोमबार सरकारसहित सम्बन्धित निकायलाई यो आदेश दिएको हो । विवेक चौधरी, रोशन आउजी र विकास यादवले दायर गरेको परमादेश मुद्दामा सर्वोच्चले हत्कडी प्रयोगसम्बन्धी स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको औंल्याएको छ ।

प्रहरी ऐन र मुलुकी फौजदारी कार्यविधि संहितामा भाग्न खोज्ने वा बल प्रयोग गर्नुपर्ने अवस्थामा हत्कडी लगाउन सक्ने व्यवस्था छ । तर, कुन अवस्थामा लगाउने र नलगाउने भन्ने स्पष्ट मापदण्ड छैन । पक्राउ परेका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने र वैयक्तिक स्वतन्त्रताको संवैधानिक हक छ । केवल पक्राउ परेको वा अभियोग लागेको आधारमा अनिवार्य हत्कडी लगाउनु संविधान र कानुनको मर्मविपरीत हुने अदालतको ठहर छ ।

अब पक्राउ परेका व्यक्तिको हकमा हत्कडी आवश्यक छ वा छैन भन्ने मूल्यांकन गरिनेछ । व्यक्ति भाग्ने वा उम्किने सम्भावना, उसको व्यवहार हिंसात्मक भए नभएको, आफू वा अरूलाई क्षति पुर्याउने जोखिमको विश्लेषण गरिनेछ ।

प्रहरीले जिम्मेवारी निर्वाह गर्दा हत्कडी प्रयोग अनिवार्य र बाध्यकारी परिस्थिति देखिएमा मात्र लगाउन सकिनेछ । त्यस्तो अवस्थामा हत्कडी प्रयोगको कारण लिखित रूपमा अभिलेख राख्नुपर्नेछ । मुद्दाको अन्तिम फैसला नभएसम्म वा नयाँ मापदण्ड नबनेसम्म जथाभावी हत्कडी नलगाउन सर्वोच्चले आदेश दिएको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार