NM Khabar 8 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुर्खेत वनमा लुकाइराखेको अवस्थामा तीन भरुवा बन्दुक बरामद

सुर्खेत प्रहरीले बराहताल गाउँपालिकाको शान्ति सामुदायिक वनमा गस्ती गर्ने क्रममा सालको रूखको टोड्कामा लुकाइराखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको छ। बरामद हतियारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
8 August 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
भरुवा बन्दुक बरामद
Share:

सुर्खेत प्रहरीले बराहताल गाउँपालिकाको शान्ति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको टोलीले गस्ती गर्ने क्रममा सुकेको सालको रूखको टोड्कामा लुकाइराखेको अवस्थामा दुई थान बन्दुक फेला पारेको थियो।

घटनास्थलमा थप अनुसन्धान गर्न पुगेको प्रहरी निरीक्षक भूपेन्द्र शाहीको टोलीले सोही रुखको टोड्कामा थप एक थान बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले Nmkhabarलाई पुष्टि गरे।

बरामद बन्दुकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार