NM Khabar 2 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुस्तामा एसएसबीले बाँध भत्काउँदा तीन नेपाली घाइते

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन बाँध आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काइदिएको छ। बाँध भत्काउने क्रममा भएको झडपमा तीन नेपाली नागरिक घाइते भएका छन्।
Kamala Devi
Kamala Devi
2 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
सुस्तामा एसएसबीको आक्रमण
Share:

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन अस्थायी बाँध आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काइदिएको छ। आइतबार दिउँसो करिब ३:३० बजे हतियारसहित ५०/६० जनाको समूहमा नेपाल प्रवेश गरेका एसएसबीले सिमलको रुखभन्दा करिब ३ सय मिटर नेपालतर्फ आएर बाँध भत्काएको हो।

भारतीय सुरक्षाकर्मीको यो कदमको स्थानीय नेपालीहरूले प्रतिवाद गरेका थिए। प्रतिवाद गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा तीन जना नेपाली नागरिक घाइते भएका छन्। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार