गोडैताका वडाध्यक्ष गुप्ता पक्राउ: अदालतको फैसला कार्यान्वयनमा अवरोधको आरोप
सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता प्रहरी नियन्त्रणमा छन्। तीन दिनअघि अदालतको फैसला कार्यान्वयनमा अवरोध र आक्रमणमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
