मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो, प्रहरी अनुसन्धानमा

तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा ४५ वर्षीया रश्मि रिजालको शव भेटिएको छ। शुक्रबार कार्यालय जान्छु भनी घरबाट निस्केकी रिजालको शव शनिबार फेला परेको हो। प्रहरीले घटना शंकास्पद मानेर अनुसन्धान गरिरहेको छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
तारकेश्वर महिला शव
Share:
१८२

तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार ४५ वर्षीया रश्मि रिजालको शव कारको पछाडिको सिटमा भेटिएको हो। उनी तारकेश्वर–९ की बासिन्दा हुन्।

रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट निस्केकी थिइन्। कार्यालय नपुगेपछि परिवारले हिजै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए।

खोजी गर्ने क्रममा शनिबार कारभित्र उनको जलेको शव फेला परेको हो। प्रहरीका अनुसार कारको भित्री भाग धेरै जलेको छ। निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार