तातोपानी नाका तीन सातादेखि पहिरोका कारण अवरुद्ध छ। यसले नेपाल-चीनबीचको आयात-निर्यात ठप्प पारेको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीले विभिन्न स्थानमा आएको पहिरोले सडक अवरुद्ध पारेको बताए। चीनबाट सामान बोकेका कन्टेनरहरू नेपालतर्फ भित्रिन सकेका छैनन्।
गिरीका अनुसार सडक कहिले सञ्चालनमा आउने भन्ने टुंगो छैन। नाका ठप्प हुँदा नेपालको वैदेशिक व्यापार प्रभावित भएको छ।
