NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

टेकुमा प्रहरी गोली प्रहार: लागूऔषध कारोबारी घाइते, भारतीय नागरिक पक्राउ

लागुऔषध कारोबारी राज सोनीलाई प्रहरीले गोली हानेर घाइते बनाएको छ। उनको साथबाट २४,७०० क्याप्सुल टेपेन्टाडोल बरामद भएको छ।
Sanjay Karki
Sanjay Karki
19 July 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
लागुऔषध कारोबारी पक्राउ
Share:

लागुऔषध कारोबारी राज सोनीलाई प्रहरीले गोली हानेर घाइते बनाएको छ। आइतबार टेकुमा भएको कारबाहीमा भारतीय नागरिक सोनीको दायाँ खुट्टामा दुई राउन्ड गोली लागेको हो।

घाइते सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले सोनीका सहयोगी बाँकेका निखिल सोनी र सुर्खेतकी शोफिया मगरलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सोनी काठमाडौं उपत्यकामा लागूऔषध भित्र्याउने मुख्य कारोबारी हुन्। उनीहरूको साथबाट २४ हजार ७ सय क्याप्सुल टेपेन्टाडोल बरामद भएको छ।

टेकुको दोभान पुल नजिक उनीहरूले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका थिए। प्रहरीले आत्मसमर्पणको चेतावनीपछि नियन्त्रणका लागि गोली चलाएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुवास बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार