मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी प्रदेश प्रहरीद्वारा दुर्घटना न्यूनीकरण अभियान: तीव्र गति र मापदण्ड उल्लंघनमा कडाइ

कोशी प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान थालेको छ। तीव्र गति, ओभरलोड, मादक पदार्थ सेवन र नियम उल्लंघनमा कडाइ गरिने भएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षणपछि डिआइजी शेखर खनालले यस्तो निर्देशन दिएका हुन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
सवारी दुर्घटना न्यूनीकरण
Share:
१६०

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको बिहीबारको निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन्।

डिआइजी खनालले दैनिक ट्राफिक जाँचलाई प्रभावकारी बनाउनुपर्ने बताए। तीव्र गति, ओभरलोड, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ कारबाही गर्न उनले जोड दिए। नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्न राडर गन, सिसीटिभी, मापसे/लापसे जाँच कीटजस्ता आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न उनले आग्रह गरे।

सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडादर, आरक्षण सिटको व्यवस्था र टाइमकार्ड लागू भएअनुसार सवारीसाधन सञ्चालनमा रहे/नरहेको कडाइका साथ जाँच गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘चेकिङ’का क्रममा सेवाग्राहीलाई दुःख हैरानी नदिई शिष्ट र मर्यादित व्यवहार गर्न प्रहरीलाई निर्देशन दिइएको छ।

सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवा प्रवाह र कोशी प्रदेशको ट्राफिक व्यवस्थापनबारे जानकारी गराएका थिए। कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृत, मोरङ र सुनसरीका ट्राफिक प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति थियो।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार