NM Khabar 22 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रिपुरेश्वर बस आगलागी: चालकको मृत्यु, छानबिन समिति गठन

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। आगजनीको कारण ट्राफिक प्रहरीसँगको विवाद भएको प्रारम्भिक अनुमान छ।
Sanjay Karki
Sanjay Karki
22 September 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
त्रिपुरेश्वर बस आगलागी
Share:

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पतालको बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति १० बजे निधन भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ। बा५ख ४२७४ नम्बरको बसमा आगजनी भएको थियो।

समितिमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य छन्।

ट्राफिक नियम उल्लंघन गरेका विषयमा बस चालकलाई पुर्जी काट्न खोज्दा विवाद भएको थियो। सोही विवादपछि बसमा आगजनी भएको प्रारम्भिक अनुमान छ।

समितिले सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गर्नेछ। समितिको कार्यादेशमा घटनाको तथ्य, प्रमाण सङ्कलन र विश्लेषण गर्ने, सिसीटिभी फुटेज अध्ययन गर्ने, र आगजनीको समयको ‘टाइमलाइन’ विश्लेषण गर्ने उल्लेख छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार