मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

माथिल्लो त्रिशूली १ सुरुङबाट थप १३ शव भेटिए

रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट १३ वटा शव भेटिएका छन्। सेनाले सुरुमा ६ र पछि थप ७ शव फेला पारेको हो। यसअघि सोही सुरुङबाट १५ शव निकालिएको थियो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
त्रिशूली १ सुरुङ शव
Share:
११५

रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट १३ वटा शव भेटिएका छन्।

नेपाली सेनाले अडिट-३ सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा सुरुमा ६ वटा शव फेला पारेको हो।

थप खोजी गर्दा सोही सुरुङबाट ७ वटा शव भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

यसअघि पनि सोही आयोजनाको सुरुङबाट १५ वटा शव निकालिएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

थप समाचार