रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट १३ वटा शव भेटिएका छन्।
नेपाली सेनाले अडिट-३ सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा सुरुमा ६ वटा शव फेला पारेको हो।
थप खोजी गर्दा सोही सुरुङबाट ७ वटा शव भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
यसअघि पनि सोही आयोजनाको सुरुङबाट १५ वटा शव निकालिएको थियो।
