मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दुई नेपाली सैनिकलाई मरणोपरान्त राष्ट्रसंघीय सम्मान

संयुक्त राष्ट्रसंघले शान्ति सैनिक दिवसको अवसरमा दुई नेपाली सैनिक सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदकबाट सम्मान गर्ने भएको छ। नेपाल शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक हो।
Nmkhabar
१ मिनेट पढाइ
आकार:
Share:
३१०

कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ शान्ति सैनिक, प्रहरी र नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिने भएको छ। यो सम्मानबाट नेपालका सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिनेछ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ। यो कार्यक्रम सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिनको स्मरणमा आयोजना गरिने शान्ति सैनिक दिवसको अवसरमा हुनेछ।

नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक हो। हालसम्म नेपालबाट ३६४ महिलासहित ४ हजार ३०० भन्दा बढी सैनिक र प्रहरी शान्ति मिसनमा परिचालन भएका छन्।

विज्ञापन
Nmkhabar

Nmkhabar

संवाददाता · Nmkhabar

Nmkhabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

थप समाचार