NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उर्लाबारीको सामुदायिक वनमा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको उर्लाबारीको सुनझोडा सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ फेला पारेको छ।
Sanjay Karki
Sanjay Karki
22 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
भरुवा बन्दुक विस्फोटक पदार्थ उर्लाबारी
Share:

मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।

मंगलबार राति करिब ९ बजे चोरी शिकारी भइरहेको सूचनामा प्रहरी टोली वन क्षेत्रमा खटिएको थियो।

गस्तीका क्रममा जङ्गलभित्र रातो प्लास्टिकको बोरामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ फेला परेको हो।

बरामद गरिएका हातहतियार र विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार