मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अभियन्ता वेदिका केसी पक्राउ: साइबर ब्युरोद्वारा अनुसन्धान सुरु

अभियन्ता वेदिका केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा अनुसन्धान सुरु भएको छ। कथावाचक राधिका दासीको उजुरीपछि केसी पक्राउ परेकी हुन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
वेदिका केसी पक्राउ
Share:
१७०

अभियन्ता वेदिका केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत व्यक्तिको निजी जीवनबारे भ्रम फैलाएको र आधारहीन आरोप लगाई चरित्रहत्या गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

साइबर ब्युरोले केसीलाई विद्युतीय अपराध कसुरमा अनुसन्धान थालेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि एक दिनको म्याद थपिएको छ।

केसीले कथावाचक राधिका दासीलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएकी थिइन्। दासीले ती आरोपहरू प्रमाणविहीन र चरित्रहत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार