ललितपुरको इमाडोलमा युवती ऋतु खनालमाथि गोप्य अंग प्रदर्शन गरी दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। गृहमन्त्री सुदन गुरुङले अब अन्याय नसहने बताएका छन्।
आइतबार साँझ इमाडोलको गल्लीमा हिँडिरहेकी ऋतु खनालमाथि एक पुरुषले गोप्य अङ्ग प्रदर्शन गरी दुर्व्यवहार गरेका थिए। पीडित युवतीले साहस देखाउँदै आफ्नो स्मार्टफोन प्रयोग गरी घटनाको भिडियो रेकर्ड गरिन्।
सो भिडियो टिकटकमा सार्वजनिक भएपछि छोटो समयमै लाखौँ पटक हेरिएको थियो। सोही भिडियोको आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ।
गृहमन्त्री गुरुङले ऋतु खनालको साहसको प्रशंसा गरे। उनले कुनै पनि महिलामाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको बताए। गृहमन्त्रीले अब अन्याय सहेर नबस्न आग्रह गरे।
