मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

यार्सागुम्बाको अवैध संकलन: तेह्रथुममा चार पक्राउ, १३ थान यार्सा र ९ मोटरसाइकल बरामद

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा संकलन गर्ने चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
यार्सागुम्बा अवैध संकलन
Share:
२०१

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार उनीहरुबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरिएको छ। म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा करिब २०–२५ जना यार्सागुम्बा संकलन गरिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार राजस्व तिरेपछि मात्र यार्सा संकलन गर्न पाइनेछ। अनधिकृत रुपमा यार्सागुम्बा संकलन गरेमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना र प्रतिवटा रु ३१ जरिवाना लाग्ने व्यवस्था छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुने यार्सागुम्बाबाट वार्षिक करिब रु तीन लाख र काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुने गरेको जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार