NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१५ वर्षीय समिप खड्का १६ दिनदेखि बेपत्ता, परिवार चिन्तामा

काठमाडौंको तारकेश्वरका १५ वर्षीय समिप खड्का १६ दिनदेखि बेपत्ता छन्। उनी साउन ८ गते घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कमा छैनन्। परिवारले खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
Maya Thapa
Maya Thapa
9 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
समिप खड्का हराए
Share:

काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुका १५ वर्षीय समिप खड्का १६ दिनदेखि सम्पर्कविहीन छन्। उनी साउन ८ गते अपराह्न घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ।

परिवारका अनुसार समिप केही समयदेखि नियमित घर आउने–जाने गर्थे। कोही नभएको बेला दिउँसो घर आई आफूलाई मनपर्ने खाना खाएर पुनः बाहिरिने उनको बानी थियो। बहिनीले साउन ७ गते उनी घर आएको जानकारी दिएकी थिइन्।

लामो समयसम्म छोरो घर नफर्केपछि आमाबुबा चिन्तित बनेका छन्। साथीहरूसँग लुगा साटेर लगाउने गरेकाले हराएको समयमा उनले कुन पोसाक लगाएका थिए भन्ने यकिन जानकारी दिन परिवारलाई कठिन भएको छ। उपलब्ध पछिल्लो जानकारी अनुसार, उनी शुक्रबार रातो चेक सर्ट र खैरो ट्राउजरमा घरबाट निस्किएका थिए।

समिपको मोबाइल सम्पर्क वा हालको अवस्थाबारे परिवारलाई कुनै जानकारी छैन। उनी कहाँ गएको हुन सक्छन् भन्ने विषयमा पनि परिवार अनभिज्ञ छ।

परिवारले समिपलाई देख्ने वा उनको अवस्थाबारे जानकारी पाउने जो कोहीलाई पनि नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन आग्रह गरेको छ। समिप खड्काबारे जानकारी भए ९७०७७९५२८४ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार