महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले उनलाई एक उपभोक्ता समितिका अध्यक्षसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
औरही सडकबाट पक्राउ परेका यादवसँग थप रकम रहेको आशंका गरिएको छ।
