साताको कारोबारको पाँचौँ दिन बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८५ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँले घटेर ४८६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५०८० रुपैयाँ थियो ।
महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१७१ रुपैयाँ कायम भएको छ ।
