NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ठमेलमा होटल कोठा भाडामा लिई १५ विदेशी नागरिक पक्राउ

ठमेलमा होटलको कोठा भाडामा लिई अवैध गतिविधिमा संलग्न १५ बंगलादेशी नागरिक पक्राउ परेका छन्। विदेशी मोडल तथा युवतीहरूको नक्कली फेसबुक अकाउन्ट बनाएर ब्ल्याकमेलिङ गरेको आरोप छ। पक्राउ परेकालाई अध्यागमन विभागमा थप अनुसन्धानका लागि पठाइएको छ।
Rohan Tamang
Rohan Tamang
1 June 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौंको ठमेलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। उनीहरु भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीतका गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरुले होटलका कोठाहरू भाडामा लिई विदेशी मोडल तथा युवतीहरूको नक्कली फेसबुक अकाउन्ट बनाएर कुराकानी गर्दै अवैध गतिविधिमा संलग्न थिए।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न भई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाउने र त्यसपछि विभिन्न बहानामा रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबै बंगलादेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार