प्रधानमन्त्री निवास बालुवाटारबाट स्टारलिंकको एक डिभाइस हराएको छ। २०८१ कात्तिक ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई इलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले आफ्नो प्रविधिको डेमो प्रस्तुत गरेको थियो।
नेपालमा व्यवसाय विस्तार गर्न स्टारलिंकले सरकारी ‘फेबर’ खोजेको थियो। सो क्रममा बालुवाटारमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एण्ड मार्केटिङ एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरसहितको टोलीले डिभाइससहित डेमो प्रस्तुत गर्यो।
डेमो सकिएपछि डिभाइस भने रहस्यमय ढंगले गायब भएको छ। कसले र किन डिभाइस लग्यो भन्ने हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।
