NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा ३० हजार अमेरिकी डलरसहित क्रिप्टो कारोबारमा संलग्न चिकित्सक पक्राउ

चितवन प्रहरीले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीमा संलग्न रहेको अभियोगमा डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। डा. यादवको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद भएको छ। अनुसन्धानमा वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप प्रयोग गरी कारोबार गरेको फेला परेको छ।
Rohan Tamang
Rohan Tamang
2 June 2026, 12:18 pm १ मिनेट पढाइ
आकार:
क्रिप्टो कारोबार चिकित्सक पक्राउ
Share:

भरतपुरमा एक चिकित्सक ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ परेका छन्। प्रहरीले उनलाई गैरकानुनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय, कारोबार र डिजिटल ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो। पक्राउ पर्ने २९ वर्षीय डा. पप्पुकुमार यादव हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादव भरतपुर महानगरपालिका-१० चित्रसेन टोलमा कोठा भाडामा लिई बस्दै आएका थिए। उनी धनुषाको हंशपुर नगरपालिका-४ का स्थायी बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धानमा उनी अवैध क्रिप्टोकरेन्सीको सञ्जाल चलाउँदै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले डा. यादवको मोबाइल र अन्य विद्युतीय उपकरणहरूको अनुसन्धान गर्दा वाइनान्स (Binance) र बाइविट (Bybit) जस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय र कारोबार गरेको फेला पारेको छ।

भरतपुरको एक अस्पतालमा कार्यरत डा. यादवले हालसम्म कति व्यक्तिबाट कति रकम ठगी गरेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार