NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विमानस्थलका कर्मचारी ५४ लाख विदेशी मुद्रासहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ५५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका कर्मचारी कमल नारायण विश्वासलाई पक्राउ गरेको छ। सुनसरीका विश्वास मलेसिया जान लागेका थिए।
Sanjay Karki
Sanjay Karki
2 June 2026, 6:18 pm १ मिनेट पढाइ
आकार:
विमानस्थल कर्मचारी विदेशी मुद्रा
Share:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ५५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक कर्मचारीलाई पक्राउ गरेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

पक्राउ पर्नेमा नेपाल एयरलाइन्समा कार्यरत ग्राउन्ड इक्युपमेन्ट अप्रेटर कमल नारायण विश्वास छन्। उनी सुनसरीका हुन्।

मंगलबार भिजिट भिसामा मलेसिया जान लागेका विश्वासको ब्याग जाँच गर्दा आठ देशका मुद्रा फेला परेको थियो।

बरामद मुद्राको बजार मूल्य ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार