NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिका कार्यालय घेराउ गरे

खोटाङका बाँदरपीडित किसानले अन्नबाली सखाप पारेको भन्दै जन्तेढुङ्गा गाउँपालिका कार्यालय घेराउ गरेका छन्। प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।
Kamala Devi
Kamala Devi
13 June 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
बाँदरपीडित किसान
Share:

खोटाङ । अन्नबाली सखाप पारेर उठिवास लगाएको भन्दै जन्तेढुङ्गा गाउँपालिकाका किसानले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। शुक्रबार चिसापानी बजारमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर किसानले प्लेकार्ड बोकी नाराबाजी गर्दै घेराउ गरेका हुन्।

किसानले आफूहरूका माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। गाउँपालिकाले बाँदर नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको उनीहरूको आरोप छ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि स्वयम्सेवक परिचालन गर्ने योजना अघि सारेको छ। यसका लागि आवश्यक बजेट विनियोजन गरी तत्काल कार्यान्वयनमा ल्याइने गाउँपालिकाले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार