मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सिंहदरबारको क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु: दुई लाख जरिवाना

सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा म्याद गुज्रेका र किरा लागेका खाद्यवस्तु बिक्री भएको भेटियो। 'जिएन्डबी क्याफे ग्रुप' सञ्चालित क्यान्टिनलाई दुई लाखभन्दा बढी जरिवाना गरिएको छ। वाणिज्य र खाद्य प्रविधि विभागको संयुक्त अनुगमनले कैफियत फेला पारेको हो।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सिंहदरबार क्यान्टिन
Share:
१८८

सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा म्याद गुज्रेका र किरा लागेका खाद्यवस्तु बिक्री भएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनमा यो कैफियत फेला पारेको हो।

‘जिएन्डबी क्याफे ग्रुप’ले सञ्चालन गरेको क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ। विभागका निर्देशक निर्माणकुमार कँडेल नेतृत्वको टोलीले यो अनुगमन गरेको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार