सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा म्याद गुज्रेका र किरा लागेका खाद्यवस्तु बिक्री भएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनमा यो कैफियत फेला पारेको हो।
‘जिएन्डबी क्याफे ग्रुप’ले सञ्चालन गरेको क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ। विभागका निर्देशक निर्माणकुमार कँडेल नेतृत्वको टोलीले यो अनुगमन गरेको थियो।
