प्रहरीले देशभर लागुऔषधसहित ४३ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेका प्रहरी टोलीले उनीहरूलाई विभिन्न लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, बाँके र झापाबाट पाँच/पाँच जना पक्राउ परेका छन्। सुनसरीबाट नौ जना, इलामबाट तीन जना तथा दाङ, सर्लाही र मोरङबाट दुई/दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी (पश्चिम), मकवानपुर, सुर्खेत र कैलालीबाट एक/एक जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध गाँजा र खैरो हेरोइन बरामद गरेको छ। चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल, डाइजेपाम, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पारेष्ट र स्पास्मो जस्ता औषधिहरू पनि बरामद गरिएका छन्।
