NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

५०० दरका ३० लाख नयाँ नोट आजदेखि चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

नेपाल राष्ट्र बैंकले असार ३ गतेदेखि पाँच सय रुपैयाँ दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नोटहरू साविककै आकार र रंगमा छन्। नोटमा सगरमाथा, लालीगुराँस, कुबेरको चित्र, दृष्टिविहीनका लागि स्पर्श पहिचान चिह्न र सुरक्षा धागो जस्ता विशेषताहरू समावेश छन्।
Sunita Rai
Sunita Rai
17 June 2026, 8:18 am १ मिनेट पढाइ
आकार:
नयाँ नोट चलनचल्ती
Share:

नेपाल राष्ट्र बैंकले असार ३ गतेदेखि पाँच सय रुपैयाँ दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नोटहरू साविककै आकार र रंगमा छन्।

राष्ट्र बैंकले संकेत नम्बर झ३८०००००१ देखि ट८३९९९९९९ सम्मका नोटहरू बजारमा पठाएको हो। यसअघि २०७८ पुस ९ गते ५ सय रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा आएका थिए।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। तल्लो खण्डमा ‘वि.सं.२०८२’ लेखिएको छ। पानी छापको बायाँतर्फ दृष्टिविहीनहरूले नोटको दर पहिचान गर्न दुईवटा कालो थोप्ला राखिएका छन्।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र छ। यो चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटमा ३.५ मि.मी. चौडा सुरक्षण धागो छ। यो धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटको पृष्ठ भागको मध्यमा पाटेबाघको चित्र छ। यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो खण्डमा ‘RUPEES FIVE HUNDRED’ र सिरिज नम्बर ‘2025 AD’ लेखिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार