NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विद्युत् नियमन आयोग अध्यक्ष: सात उमेदवार अन्तिम प्रतिस्पर्धामा

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि सात उमेदवार अन्तिम प्रतिस्पर्धामा छन्। उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको छ। अन्तर्वार्ता असार ६ गते निर्धारण गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
18 June 2026, 9:48 am १ मिनेट पढाइ
आकार:
Share:

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि सात उमेदवार अन्तिम प्रतिस्पर्धामा छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नियुक्ति सिफारिस समितिले असार ३ गते सूचना प्रकाशन गरी उनीहरूको नाम सार्वजनिक गरेको हो।

न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउनेहरूलाई अन्तर्वार्ताका लागि छनोट गरिएको समितिले जनाएको छ। छनोट हुनेमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा छन्।

उनीहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गतेलाई तोकिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार