NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्व माओवादी कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ

प्रहरीले माओवादीका पूर्वलडाकु कमाण्डर लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ। कैलाली घर भई काठमाडौँ बस्ने ४६ वर्षीय चौधरीमाथि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोप छ। थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभागमा बुझाइनेछ।
Arjun Basnet
Arjun Basnet
11 July 2026, 8:04 pm १ मिनेट पढाइ
आकार:
लहानु चौधरी पक्राउ
Share:

प्रहरीले माओवादीका पूर्वलडाकु कमाण्डर लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्ने ४६ वर्षीय चौधरीलाई शनिबार थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले जानकारी दिए। चौधरीमाथि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोप छ। उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो। आरोपी चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार